असार २२, डेस्क। वीरगन्ज कारागारमा एकजना कैदीको करेन्ट लागेर मृत्यु भएको छ ।
आज शनिबार बिहान वीरगन्ज कारागारमा एकजना कैदीको करेन्ट लागेर मृत्यु भएको प्रहरी कार्यालय वीर्ताले जनाएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ३० बर्षीय अनिल महतो नुनियाको कारागारमा करेन्ट लागेर मृत्यु भएको हो ।
वीरगन्ज कारागारमा ०७५ सालदेखि जेल जिवन बिताउँदै आएको उनको कारागारको मेसमा काम गर्ने समयमा करिब साढे ११ बजे करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्। साथै यस घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





