धनुषा : पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

|

असार २०, डेस्क । धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धनुषाको धनौजी गाउँपालिका ५ बअुहर्वाका कलिम खानका छोरी अजमेरी खातुन, हलिम खानकी छोरी जिनत खातुन र अब्दुल खानकी छोरी मुस्कान खातुन छन् ।

उनीहरु सबै १० देखि १२ वर्ष उमेर समूहका रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन । डिएसपी अवाका अनुसार आज दिउँसो सवा १२ बजेतिर घोंघाउन पोखरीमा बालिकाहरुलाई डुबिरहेको अवस्थामा स्थानीयले सिकिस्त अवस्थामा उद्धार गरेका थिए ।

उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा एकजनाको बाटोमै र दुईजनाको अस्पतालमा मृत्यु भएको हो ।

बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित