भारतले १ सय ७७ रनको लक्ष्य दियो दक्षिण अफ्रिकालाई

|

असार १५, डेस्क । टी–२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको हो ।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । अक्षर पटेलले ३१ बलमा ४७ रन बनाए । उनले १ चौका र ४ छक्का हिर्काए ।  शिवम दुवेले पनि २७ रनको हाने । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए । लगतै ऋषभ पन्त शून्य रन बनाएर आउट भए । सूर्यकुमार यादव पनि ३ रन जोडेका छन ।

चर्चित समाचार


भर्खरै प्रकाशित