रौतहटमा बस दुर्घटना, एक जनाको मृत्यु, ८ जना घाइते

|

असार १५, डेस्क । रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन्।

दुर्घटनामा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्रकुमार गिरीकी १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको छ ।

सदरमुकाम गौर चन्दरनिगाहपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै ना ७ ख ८४१४ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

गौरबाट भैरहवातर्फ जाँदै गरेको बस आज (शनिवार) बिहान ८ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ ।

दुर्घटनापछि बसका चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको । साथै यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित