एसईई नतिजा : सबैभन्दा बढी विद्यार्थी “गणित” विषयमा फेल

|

असार १३, डेस्क । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुँदा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन् ।

आज सार्वजनिक भएको एसईईको नतिजा अनुसार विगतका वर्ष झै यो वर्ष पनि गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल भएका हुन् ।

परीक्षा बोर्डको तथ्याङ्क अनुसार एक लाख ७७ हजार ९८५ विद्यार्थीको गणित विषयमा “NG” भएका छन् । २०७९ सालको एसईईको नतिजा अनुसार गणित विषयमा एक लाख ८८ हजार ९४ विद्यार्थीको ई ग्रेड आएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित