असार ११, डेस्क। जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा पहिलो पटक जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव सुरु हुँदैछ ।
उक्त अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ । यस महोत्सवको शुभारम्भ मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गर्ने लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रम संयोजक रमेश रञ्जन झाले जानकारी दिएका छन्।
दुई दिनसम्म चल्ने महोत्सवमा ललका पाग, लोटस ब्लुम्स र समानान्तर गरेर तीनवटा ‘फिचर फिल्म’को प्रदर्शन हुने झाले बताएका छन्। यस अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सवको लागि जनकपुरधाममा रहेको “गिरिजा सिनेमा हल” मा बिहान ११ बजे देखि सुरु हुनेछ। यस गिरिजा सिनेमा हलमा उक्त कार्यक्रम हेर्नको लागि निशुल्क व्यवस्था गरिएको छ।







