सशस्त्र द्वन्दमा हुने यौनजन्य हिंसा उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस सम्पन्न

|

अषाढ ०७,डेस्क। ‘युद्धका समयमा भएका यौन हिंसा अनि बलात्कारबाट जन्मेका बालबालिकाले पहिचानको द्वन्द्व र अस्तित्वका लागि युद्ध सकिएको दशकौँसम्म पनि संघर्ष गर्नुपर्ने हुन्छ । हिंसामा परेका बालबालिकाहरूका आमा युद्धपछि पनि आफ्नै समुदाय र परिवारबाटै पनि अपहेलित हुनु परेको छ।

२०८१ असार ७ यस पालि पनि यस अवसरमा शुक्रबार मधेश प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका उपसचिव उत्तम प्रसाद खरेलसँग मन्त्रालयमा छलफल गरी द्वन्दका क्रममा यौन जन्य हिंसामा परेका पीडित परिवारलाई प्रदेश सरकारले परिपुरण राहत दिनु पर्नेमा अधिकारकर्मीले जोड दिएका हुन्।

उपसचिव खरेलले प्रदेश सरकारले पीडित परिवारलाई परिपुरण तथा राहत दिनका लागि निर्देशिका वा कानुन आवश्यक रहेकोले यसका लागि समन्वायत्मक भूमिका मार्फत कार्य गर्नु पर्ने बताए।

यसैबिच इन्सेक, एडभोकेसी फोरम, द्वन्दपीडित महिला राष्ट्रिय सञ्जाल र ओरेक लगायतका संस्थाहरुको संयुक्त आयोजनामा आज साँझ जनकपुरको जनकचोकमा दिप प्रज्वलनको आयोजना गरेको थियो।

द्वन्दमा हुने यौनजन्य हिंसा उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस जनकपुरको जनक चौकमा मनाइएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित