असार ०७, डेस्क। आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन आज छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँले बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।





