सवारी दुर्घटना न्यूनिकरणका लागि जनकपुरमा “ट्राफिक सप्ताह” जनचेतनामूलक कार्यक्रम सुरु

|

असार ०६, डेस्क। बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण र सडक अनुशासन कायम गर्न जनकपुरधाममा आज बिहिवार देखि ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम सुरु गरिएको छ ।

मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालय, जिल्ला ट्राफिक कार्यालय धनुषाको आयोजनामा आज सप्ताहव्यापी ट्राफिक जनचेतनामूलक कार्यक्रम आयोजना गरीएको थियो। उक्त कार्यक्रम आज देखि एक हप्ता सम्म निरन्तर चल्ने जिल्ला ट्राफिक कार्यालय धनुषाको एक अधिकारीले जानकारी दिएका छन्।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया बारा र जिल्ला प्रहरी कार्यलय धनुषाको सहकार्य तथा समन्वयमा उक्त कार्यक्रम गरिएको छ।

आज जनकपुर बजार भरिमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया बारा र जिल्ला प्रहरी कार्यलय धनुषाको सहकार्य तथा समन्वयमा सप्ताहको पहिलो दिन आज बिहिवार ट्राफिक जनचेतनामूलक प्लेकार्डसहित र्याली र उद्घाटन गरिएको छ ।

यस ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८१ को उद्घाटन गर्दै मधेश प्रदेशको मुख्यमन्त्रि सतिश कुमार सिंहले प्रत्येक व्यक्ति सचेत भएमात्र सवारी दुर्घटना न्यूनीकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन्। पैदलयात्री जथाभावी बाटो काट्ने, सवारी चालकले ट्राफिक नियमको पालना नगर्ने जस्ता कार्यले थप दुर्घटना बढ्दा जनचेतना जगाउँदै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको ट्राफिक कार्यालय धनुषाले जनाएका छन्।

यस कार्यक्रममा श्री संकट मोचन देवशरण रामरति मा. वि, Monastic School/College, श्री जानकी मा. वि, श्री सरस्वती नमुना मा. वि जस्ता विभिन्न स्कुल तथा कोलेजहरुले आफ्नो विद्यार्थीहरुलाई सहभागी गराएर आजको कार्यक्रम सम्पन्न गरिएको हो।

 

तस्बिरहरु…

चर्चित समाचार


भर्खरै प्रकाशित