सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

|

असार ०६, डेस्क। सर्लाहीमा आज बिहान सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । भने अन्य २५ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट जनकपुर जाँदै गरेको लु १ ख ८८४८ नम्बरको रात्रि बस रोकी राखेको एन एल ०१ एच ९२५२ को लरीसँग ठोक्किँएर उक्त दुर्घटना भएको हो । घाइते भएका २५ जनालाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको सर्लाही प्रहरीले जनाएको छ । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ ।

यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित