रोहितसँग झगडा गरेका तान्जिममाथि कारबाही, १५ प्रतिशत शुल्क जरिवाना तिर्नुपर्ने

|

असार ०५, डेस्क। आईसीसी टी-२० विश्वकप २०२४ मा गत आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ ।

आईसीसीले हिजो मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको छ । आईसीसीको आचार संहित २.१२ खेलाडी र खेलाडी समर्थकबीचको नियम उंलङ्घन गरेको हुँदा उनी कारबाहीमा परेका हुन् । उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ ।

सकिबले पिचको मध्य भागमा आएर रोहितलाई केही भन्न पुगे। रोहितले पनि आक्रोसित हुँदै उनलाई जवाफ तुरुन्त फर्काएका थिए ।

तान्जिमले रोहितलाई हातले धक्का समेत दिएका थिए । ताम्जिमलाई लिटन दास र रोहितलाई आसिफ शेखले थप झगडा गर्नबाट रोकेका थिए । उक्त घटना लगत्तै अम्पायरले बंगलादेशका कप्तान नाज्मुल हसन सान्टोलाई बोलाएर केही भनेका थिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित