असार ०५, डेस्क। आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
सोमबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार र आज (बुधबार) पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।





