असार ०२, डेस्क। रौतहटमा एक युवाको बाग्मती नदी किनारमा शव फेला परेको छ ।
रौतहटको गौर नगरपालिका वडा नं. ५ का २० वर्षीय राहुल मेहताको शव बाग्मती नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गौर नगरपालिका वडा नं. ५ का अध्यक्ष शिवशंकर गुप्ताले भने मृतक राहुल मेहताको शरीरका कपडा तथा चप्पल बाग्मती नदी किनारको झाडीमा भेटिएको र मुखबाट रगत बगेको प्रष्ट देखिएकाले उनको हत्या भएको आशंका गरेका हुन् । मृतकका परिवारका सदस्यहरुले हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक दिलिप घिमिरेले शव परीक्षणको रिपोर्ट प्राप्त भएपछि मात्र हत्या हो कि होइन भन्ने पत्ता लाग्ने उनले बताएका छन्।





