जेष्ठ ३२, डेस्क। जनकपुरको ईतिहासमै पहिलो पटक भएको “Janakpur Strongest Man & Woman Championship” 2080/81 बेन्चप्रेस र डेडलिफ्ट प्रतियोगिता सम्पन्न भएको छ। यस प्रतियोगितामा पुरुष र महिला तर्फबाट करिब ३० जनाले आफ्नो नाम दर्ता गराएका थिए।
“Janakpur Strongest Man & Woman Championship” 2080/81 बेन्चप्रेस र डेडलिफ्ट प्रतियोगितामा महिला समुह तर्फबाट डा. मिशा महासेठ प्रथम भएकी छिन्। भने पुरुष समुह तर्फबाट सनी सिंह राजपुत प्रथम भएका छन्।







