असार ३ गते बक्र ईदका अवसरमा सार्वजनिक बिदा

|

जेष्ठ ३२, डेस्क। नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ गते इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) को दिन सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित भैसकेको जानकारी दिएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित