बाँके दुर्घटना अपडेट : एक जनाको मृत्यु, स्थानीयले गरे टिपरमा आगजनी

|

जेष्ठ ३२, डेस्क। बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन् ।

आगजनीबाट भे १ ख ३०१९ नम्बरको टिपरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका हुन् ।

उनका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको भे १० प १४१३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा भएको सो दुर्घटनामा दुघराप्तीसोनारी-८ निवासी ३६ वर्षीय लोकेन्द्रबहादुर विष्टको मृत्यु भएको थियो ।

पीडितले अहिलेसम्म घटनास्थलबाट शव नउठाएर पूर्वपश्चिम राजमार्गको कोहलपुर सडकखण्ड अवरुद्ध गरेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित