आईसीसी टी–२० विश्वकपमा भोलि नेपाल र श्रीलंका भिड्दै

|

जेष्ठ २९, डेस्क। आईसीसी टी–२० विश्वकपमा भोलि नेपाल र श्रीलंका बिच खेल हुनेछ। नेपाल र श्रीलंका बिचको खेल अमेरिकाको सेन्ट्रल ब्रोवाड पार्क एन्ड ब्रोवाड काउन्टी स्टेडियममा भोलि बिहान ०५ : १५ बजे सुरु हुनेछ ।

भोलि बुधबार नेपालले आईसीसी टी-२० विश्वकप अन्तर्गतको आफ्नो दोस्रो खेल खेल्नेछ। भने श्रीलंकाले आफ्नो तेस्रो खेल खेल्ने छ। समूह ‘डी’ मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन रहेका छन्। विश्वकपको समूह ‘डी’ मा नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका, बङ्गलादेश र र नेदरल्यान्ड्स रहेका छन्।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित