सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु,भने एक जना प्रहरी गम्भीर घाइते

|

जेष्ठ २७, डेस्क । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ भने अर्का एक प्रहरी गम्भीर घाइते भएका छन् ।

फिक्कल गाउँपालिका वडा नम्बर-५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट गस्ती गर्दै चौकी तर्फ फर्कने क्रममा दुई प्रहरी सवार ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो।

मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका-९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक रविन्द्र कुमार ठाकुरको मृत्यु भएको हो।

यसैगरी तनहुँको भिमाद नगरपालिका-७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको पनि अवस्था गम्भीर रहेको एसपी काफ्लेले जनाए।

उनको खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाउने तयारी भएको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित