झोलुंगे पुलमा फसेका खच्चडको उद्धार, उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु

|

जेष्ठ २७, डेस्क। कर्णाली नदी माथिको झोलुंगे पुलमा फसेका खच्चडको उद्धार गर्ने क्रममा दुई ओटा खच्चडको मृत्यु भएको छ।

अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णाली नदी माथिको पुलको लट्ठा चुँडिँदा आज आइतबार बिहान १३ खच्चड फसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं डीएसपी सुनील दाहालले जानकारी दिएका छन्।

जाली काटेपछि अरू खच्चड नदीमा खसेका थिए । खच्चडले पौडी खेलेर आफैँ नदी पार गरेको डीएसपी दाहालले बताएका छन् ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित