काठको बलोमा झुण्डिएको अवस्थामा एक बालक मृत फेला

|

जेष्ठ २७, डेस्क। कैलालीमा एक बालक मृत अवस्थामा भेटिएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर घर भएका १३ वर्षीय विष्णु फुलारा घरको काठको बलोमा झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिएका छन्।

परिवारले देखेर पासो फुकाली स्वस्तिक अस्पताल धनगढीमा उपचार गर्न लैजाँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले बताएका छन्। उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित