मोरङ : ब्राउनसुगर सहित दुई जना पक्राउ

|

जेष्ठ २६ , डेस्क। मोरङ जिल्लाबाट ब्राउनसुगर सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मोरङको जिल्लाको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय २७ मिलिग्रामसहित २ जनालाई हिजो शुक्रबार प्रहरीले पक्राउ गरेका छन्। पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-३ बस्ने २८ वर्षीय दल बहादुर आले मगर र लेटाङ नगरपालिका-१ बस्ने २० वर्षीय विशाल राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित