जेष्ठ २६ , डेस्क। बसले अटोलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन्। उक्त बसको ठक्करबाट अटोमा सवार रहेका पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन्।
आज शनिबार अपराह्न करिब ४ बजे दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित राप्ति राजमार्गमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले ठक्कर दिएका छन्। प्रहरी निरीक्षक थापाका अनुसार अटो चालक तुलसीपुर उपमहानगरपालिका- ५ का २९ वर्षीय अंकित गुप्ता पनि घाइते भएका छन्।
घाइतेहरूमा सल्यानको कुमाख गाउँपालिका-५ कि २६ वर्षीय रिता बोहरा र उनकी ६ वर्षीय छोरा केशब बोहरा, १८ वर्षीया कमला बुढाथोकी र १६ वर्षीय छबिलाल बुढाथोकी रहेका छन्। उनीहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल पठाइएको छ।
बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरी यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।





