जेष्ठ २६, डेस्क। आईसीसी टी–२० विश्वकपमा आज दक्षिण अफ्रिका र नेदरल्यान्ड्स एक आपसमा भिड्ने छन्। जारी विश्वकपमा नेदरल्यान्ड्स र दक्षिण अफ्रिका दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।
नेदरल्यान्ड्सले आज शनिबार समूह ‘डी’ मा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ । दुवै टिमले एक एक जित हात परेका छन् भने आज दोस्रो जितको लागि दुवै टिम एक आपसमा भिड्ने छन्।
उक्त खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ । नेपाल, श्रीलङ्का र बङ्गलादेश पनि त्यही समूहमा रहेका छन् ।






