जेष्ठ २६, डेस्क। आईसीसी ट्वान्टी–२० विश्वकपमा बंगलादेशले श्रीलंकालाई २ विकेटले हराउँदै विजयी भएका छन्।
शुक्रबार भएको खेलमा डालस स्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनाएको थियो । १२५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।
तौव्हीद ह्दोयले २० बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४० रन बनाए । लिटन दासले ३८ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाए । महमुदूल्लाह रियाद १३ बलमा १ छक्कासहित १६ रनमा नट आउट रहे । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरका ९ विकेट गुमाउँदै १२४ रन बनाएको थियो । ओपनर पाथुम निसांकाले २८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । कुशल मेन्डिस १०, कामिन्दु मेन्डिस ४, धनन्जय डि सिल्भा २१, चरिथ असलंका १९ र दासुन शानकाले ३ रन बनाए । एन्जिलो म्याथ्युजले १९ बलमा १६ रन बनाए ।






