सुनको मूल्यले बनायो रेकर्ड, तोलामा कति पुग्यो ?

|

जेष्ठ २४, डेस्क। बिहीबार आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अहिलेसम्म कायम सबै मूल्यलाई उछिन्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार जेठ २२ गते तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ रेकर्ड भएको सुनको मूल्य त्यसको भोलिपल्ट अर्थात् बुधवार केही घटेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भए पनि बिहीबार पुनः १८ सय रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार रुपैयाँ पुगेको हो । महासङ्घका अनुसार तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८२५ रुपैयाँ थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित