जेष्ठ २४, डेस्क। ५०० र १००० को नोटमा गौतम बुद्धको तस्वीर राख्न नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले माग गरेका छन् ।
उनले आज बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, ‘नेपाली रुपैयाँ पाँच सय र एक हजारको नोटमा गौतम बुद्धको तस्वीर राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’





