जेष्ठ २४, डेस्क। उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् ।
एक जना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिवाकोटी पक्राउ परेका हुन् । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् ।
त्यसपछि महानगरको टोलीले पीडित किशोरीलई उद्दार गरेर बाल सुरक्षा गृहमा पठायो भने स्वयम्भु प्रहरीले इन्स्पेक्टर शिवाकोटीलाई नियन्त्रणमा लिएको एक अधिकृतले बताएका हुन् ।
काठमाडौं महानगरपालिका अनुसार पीडित किशोरी तराईवासी हुन् । उनलाई घरमा सहयोग गर्दै पढाउने गरी राखिएको थियो । थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।





