काठमाडौँ : सडकबाट खसेर दुई जना मृत अवस्थामा फेला

|

जेष्ठ २४, डेस्क। काठमाडौँको दक्षिणकालीमा सडकबाट खसेर दुई जना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौँको दक्षिणकालीमा नगरपालिका–८ स्थित केराबारीमा मूल सडकबाट खसेर दुई जना मृत अवस्थामा भेटिएका छन् । मोटरसाइकलबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन्।

मृत्यु हुनेमा एक जना महिला र एक जना पुरुष छन् । घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ । भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ ।

। बुधवार दिउँसो बाख्रा चराउन जाँदा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका हुन् । यस घटनाबारे थप अनुसन्धान रहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित