जेष्ठ २३, डेस्क। काठमाडौँको कोटेश्वर स्थित एक विस्कुट गोदाममा आगलागी भएको छ ।
नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी तीनै निकायका सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । उक्त पाँच तले घरको एक विस्कुट गोदाममा आगलागी भएको छ । यस घटना बारे थप बिवरण आउँन बाकि रहेको छ।





