काठमाडौँ : एक पुरुषले आफू, श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्केर आगो लगाए

|

जेष्ठ २३, डेस्क। काठमाडौँको चाबहिलमा मादक पदार्थ सेवन गरेर एक पुरुषले आफू, आफ्नो श्रीमती र आफ्नो तीन छोरी माथि पेट्रोल छर्केर आगो लगाएका छन् । मादक पदार्थ सेवन गरेर घर पुगेका ५२ वर्षका चञ्चल सिहंले मंगलबार राति सपरिवारमाथि आगो लगाएका हुन् ।

उनले ४४ वर्षकि श्रीमति विनु सिंह, छोरिहरु २५ वर्षीय सुप्रिया, १६ वर्षीयसमृद्धि र ८ वर्षीय सुहानी माथि आगो लगाएको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जनाएका छन्। सपरिवारमाथि आगो लगाएको सूचना पाएपछि उद्धारका लागि पुगेको प्रहरी वृत्त गौशालको टोलीले उनीहरुको उद्धार गरी अस्पताल पुर्याएको थियो । उनीहरुको उपचार को लागि कीर्तिपुरको बर्न अस्पतलमा पुर्‍याइएको छ ।

आगो लगाएर घाइते भएकामध्ये जेठी छोरी सुप्रिया र माइली छोरी समृद्धीको अवस्था गम्भिर रहेको र अन्यको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ । जेठी र माइली छोरीको शरिरको अधिकांश भाग जलेको अस्पतालले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ५२ वर्षिया चञ्चलले मादक पदार्थ सेवन गरेर सँधैजसो घरमा झगडा गर्ने गरेका थिए । त्यसो त केही दिनअघि मात्र उनको श्रीमति विनुले गौशाला प्रहरीमा पुगेर श्रीमानले हिंसा गरेको भन्दै उजुरी गराएकी थिइन् ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित