दैलेख केन्द्रबिन्दु भएर आज बिहान ४.१ म्याग्निच्युडको भूकम्प

|

जेष्ठ २२, डेस्क। दैलेख केन्द्रबिन्दु भएर आज बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज मंगलबार बिहान १०:३४ मा भूकम्प गएको हो । हिजो राति पनि लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेटमा भूकम्प महसुस गरिएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित