जेष्ठ २१,डेस्क। फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मालिगाउँ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त, बौद्धमा मुद्दा चलेकाले थापालाई उतै पठाइएको मालिगाउँ प्रहरीले जनाएको छ ।
आपराधिक लाभ तथा विश्वासघातको कसुरमा जाहेरी परेपछि थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । ‘प्रसाद-२’ का निर्माता सुदर्शन बस्नेतको जाहेरीमा निर्देशक थापालाई प्रहरीले पक्राउ गरेको हो ।
निर्देशक थापाले आफ्नो सहमतिबिना फिल्मको वितरण गरेको निर्माता बस्नेतको आरोप छ ।





