मधेशमा जनमत पार्टीले सदन अबरुद्ध गर्ने

|

जेष्ठ २१,डेस्क। करिब डेढ महिनापछि आज बस्न लागेको मधेश प्रदेशसभाको बैठक प्रतिपक्षी दल जनमत पार्टीले अबरुद्ध गरेका छन्।

प्रदेशसभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बस्दैछ । बैठकमा आह्वान गरेको तेस्रो अधिवेशनको पत्र सभामुखले पढेर सुनाएपछि अबरुद्ध गर्ने जनमत पार्टी संसदीय दलको बैठकले निर्णय गरेको हो ।

सप्तरीको राजविराजमा मन्त्रीमाथि प्रहरीबाट आक्रमण गर्न लगाएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर संसद बैठक जनमतले अबरुद्ध गर्ने बुझिएको छ ।

जनमतका सांसद संजय यादवले भने, ‘मन्त्रीमाथि भएको आक्रमणको छानविन गर्नुपर्ने हाम्रो माग पहिलेदेखिकै हो । त्यो माग पुरा गर्नुपर्छ । समिति गठन नगरे सदन चल्न दिदैनौं ।’

चर्चित समाचार


भर्खरै प्रकाशित