स्रोत नखुलेको ७२ लाख नगद सहित दुई जना पक्राउ

|

जेष्ठ २०,डेस्क। स्रोत नखुलेको ७२ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँको चाबहिल स्थित गेस्ट हाउसबाट रकम सहित उनीहरूलाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेहरू भोजपुरका हुन् । उनीहरूको नाम अहिले प्रहरीले सार्वजनिक गरेको छैन । सुन खरिद गर्न सो रकम ल्याएको आरोपीहरूले प्रहरी सम्क्ष बताएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेर उनिहरु माथि अनुसन्धान गरिरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित