जेठ १८,डेस्क। हुरीबताससहितको बिहीबारको वर्षाले १०७ वर्षीय वृद्धको ज्यान लिएको छ । विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो । घरमा बसिरहेका उनी धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक केशर न्यौपानले उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताए ।





