आज बिहानै सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

|

जेष्ठ १७, डेस्क । आज बिहानै सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।

प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिप बिहीबार आज बिहान दुई बजेतिर दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले अहिलेसम्म दुई शव संकलन गरेर सडकमा ल्याइएको र बाँकी दुई शव ल्याउने तयारी भइरहेको छ । बाँकीको खोजी कार्य पनि भइरहेको उनले बताए । भने यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित