सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५% छुट दिन धनुषाका सिडिओ र यातायात व्यवसायी संघलाई स्ववियूले ज्ञापन पत्र बुझाउदै

|

जेष्ठ १३, डेस्क । रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) को स्ववियूले यातायात भाँडामा सहमती अनुसारको ४५ प्रतिशत सहुलियत उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन ।

राराब क्याम्पस स्ववियुका सभापति मनिष यादव र सचिव करण साहको नेतृत्वमा विद्यार्थीका अगुवाहरुले यातायात व्यवसायी संघ र जिल्ला प्रशासन कार्यालय धनुषामा ध्यानाकर्षण पत्र बुझाउदै विगतका सहमति कार्यान्वयनको मांग गरेका छन् ।

यातायात व्यवसायी संघका अध्यक्ष मनोज कुमार चौधरी र धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीया लाई भेटेर विद्यार्थी नेताहरुले आफुहरु भिक्षा होइन सहमती अनुसारको अधिकार मात्र मागिरहेको भन्दै कार्यान्यवनमा ल्याउन आग्रह गरेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित