राष्ट्रपति पौडेल सर्वोच्च अदालतको चियापान कार्यक्रममा सहभागी

|

वैशाख २६,डेस्क। राष्ट्रपति रामचन्द्र पौडेल कानुन दिवस २०८१ को अवसरमा सर्वोच्च अदालतले बुधबार अदालत परिसरमा आयोजना गरेको चियापान कार्यक्रममासहभागी भएका छन् । कार्यक्रममा प्रथम महिला सबिता पौडेल पनि उपस्थित भइन् ।

सो अवसरमा राष्ट्रपति पौडेललाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुष्पगुच्छा दिएर स्वागत समेत गरेका छन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कानुन व्यवसायी, उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरुको सहभागिता रहेको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित