वैशाख २५,डेस्क। हिजो जनकपुरधाममा एक निजी स्कुलको भ्यानमा आगलागी भएको छ । हिजो सोमबार बिहानै भएको आगलागीबाट कुनै मानवीय क्षति भने भएनन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थामा शिवशारदा स्कुलको ज १ च १८५३ नम्बरको भ्यानमा सोमबार बिहान ६ बजे आगलागी भएको प्रहरीले बताएका छन्। उक्त आगलागीबाट कुनै मानवीय क्षति नभएको पनि बताएका छन्।
जनकपुरधाम उपमहानगरपालिकाको वारुणयन्त्र र स्थानीयवासीहरुको सहयोगमा जिल्लाबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छन।
भ्यानमा कसरी आगलगी भएको बारे अहिले खुलेको छैन । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।





