परीक्षा दिएर फर्कने क्रममा एक छात्रामाथि गोलि प्रहार

|

बैशाख २१, डेस्क। कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी उदयपुरकी एक युवती माथि गोली प्रहार भएको छ । गोली प्रहार भएको युवतीको नाम एनिका अधिकारी छिन्। इलाका प्रहरी कार्यालय दमकका अनुसार झापाको दमकमा उनीमाथि गोली प्रहार भएको हो ।

दमकमा डेरा गरेर बस्दै आएकी अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार परीक्षा दिएर फकिँदै गरेकी अधिकारीलाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि बाटोमा लुकेर बसेका यादवले गोली प्रहार गरेका थिए ।

घाइते अधिकारीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । गोली हानेर फरार भएका यादवको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित