वैशाख २१,डेस्क। पाकिस्तानमा बस दुर्घटना हुदा २० जनाको मृत्यु भएको छ। भने २१ जना घम्भिर घाइते भएका छन् ।
रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको पाकिस्तानको अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खसेको छ।
रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको बसमा कम्तीमा ३८ जना यात्रु सवार रहेको बस शुक्रबार (आज) बिहान ५ः३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अहिले दुर्घटनास्थलमा उद्धार टोली पठाइएको छ भने घाइते तथा शवलाई चिलासको अस्पतालमा लगिएको छ । स्वास्थ्य विभागका निर्देशकका अनुसार मृतकमा तीन जना महिला रहेको जियो न्युजले जनाएको छ ।
तिव्र गतिका कारण मोड लिने क्रममा बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । भने यस घटनाबारे थप विवरण आउन बाकी रहेको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।






