रोकिराखेको ट्रिपरमा मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यू

|

बैशाख १९, डेस्क । धनुषामा रोकिराखेको ट्रिपरमा मोटरसाईकलले ठक्कर दिँदा एक जनाको मृत्यू भएको छ ।

जनकपुर देखि ढल्केवर सडकखण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझ स्थित गएराती विहान करिब २ बजेको समयमा रोकिराखिएको ट्रिपरमा मोटरसाईकलले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताएका छन ।

जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ क ०१६० नम्बरको मोटरसाइकलले बिग्रिएर रोकिराखेको मधेश प्रदेश ०१–००४ प ७५०० नम्बरको ट्रिपरमा ठोकिँएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएको मोटरसाइकल चालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रवक्ता रञ्जन अवाले बताएका छन । भने मृतकको पहिचान अहिले नखुलेको प्रहरीले जनाएको छ ।

भने उनको शव पोस्टमार्टम लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ भने यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित