बैशाख १६, डेस्क। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो स्थानीय तहबाट विपन्न, असहायको सिफारिस ल्याएमा काठमाडौंमा नि:शुल्क उपचारको व्यवस्था मिलाइएको बताएका छन्।
मेयर शाहले सिफारिससहित महानगरमा आउन आग्रह समेत गरेका छन्। ‘हामीसँग ५२ अस्पतालका तीन सय ७४ बेड छन्,’ सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै मेयर शाहले उल्लेख गरेका छन्, ‘त्यहाँ बिरामीको आवश्यकता अनुसार नि:शुल्क उपचार पनि हुनेछ।’
उनले ११८० (1180) वा काठमाडौं महानगर स्वास्थ्य विभागमा सम्पर्क राख्न पनि आग्रह गरेका छन् ।





