ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु, एक घाइते

|

वैशाख १६, डेस्क। भारतीय ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।

आज बिहान साढे १० बजे नवलपरासीको सुनवल नगरपालिका-१२ भुमहीचोकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यूपी ५५ बीटी २५४६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु २६ प ९२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थिए । स्कुटर चालक सुनवल-१३ सुन्दर बस्तीकै ५५ वर्षीय कर्णबहादुर गुरुङ घाइते भएका छन् । उनको सामुदायिक अस्पताल भुमहीमा उपचार भइरहेको छ ।

दुर्घटनामा स्कुटरको पछाडि बसेकी गुल्मी घर भई सुनवली-१३ सुन्दर बस्ती बस्ने ३७ वर्षीय कमला घर्ती मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको लागि पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएका छन्।

प्रहरीले ट्रक चालक भारत आजिङगढ बस्ने ३१ वर्षीय श्रवण यादवलाई नियन्त्रणमा लिएको छ । बहने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित