बैशाख १४, डेस्क । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन्।
सर्लाहीबाट महोत्तरीतर्फ जाँदै गरेको मोटरसाइकल आज बिहान करिब ९ बजे अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो। महोत्तरीको जंगलमा उक्त मोटरसाइकल दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षिया स्मृति कार्की रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले बताएका छन ।
दुर्घटनापछि उपचारका लागि जनकपुरधाम लैजाँदै गरेको अवस्थामा उनको मृत्यु भएको हो।
मोटरसाइकलमा सवार अर्की ५० वर्षिया महिलाको अवस्था भने गम्भीर रहेको प्रहरीले बताएका छन् । उनलाई जनकपुरमा उपचार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर राखिएको प्रहरीले जनाएको छ। भने यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन्।





