वैशाख १४, डेस्क। गुल्मीदरबार गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। गुल्मीदरबार गाउँपालिका वडा नम्बर -३ को म्यालपोखरीस्थित रिडी तम्घास मुख्य सडकमा लु ३५ प ५४८४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २९ वर्षीय अनिलराज घर्तीलेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शंकर पोखरेलका अनुसार सोही पालिका–४ भट्टेचौरका करिब ३० वर्षीय यम बहादुर सूर्यवंशी घाइते भएका छन् । घटनामा गम्भीर घाइते घर्तीलाई उपचारका लागि गम्घासस्थित गुल्मी अस्पताल पुर्याइए पछि चिकित्सकले मृत घोषणा गरि दिए।
मोटरसाइकल अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खसेको थियो । घटनामा घाइते भएका सुर्यवंशीलार्ई थप उपचारका लागि पाल्पाको मिसन अस्पताल लगिएको छ । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।





