वैशाख १३, डेस्क। काठमाडौंबाट चित्लाङ हुँदै हेटौंडातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ ।
बिहीबार आज बिहान साढे ९ बजेतिर चन्द्रागिरी नगरपालिका–४ थानकोटस्थित कालो होल भन्ने ठाउँमा ना १ ज ६२६१ नम्बरको जीप दुर्घटनामा परेको हो । जीपमा ११ जना सवार भए पनि सबैलाई झारेर उकालो चढाउन लाग्दा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार उकालो चढाउने क्रममा जीप पछाडि सरेर सडकबाट करिब ५० मिटर तल खस्यो र कुनै प्रकारको मानवीय क्षति नभएको बताएका छन्।





