आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो

|

वैशाख १३, डेस्क। नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित