धनुषा : मोटरसाइकल दुर्घटना हुँदा रेडियो धनुषाधामका संचालकको मृत्यु

|

बैशाख ११, डेस्क । आज धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाधाम नगरपालिका ५ घर भएका विनय यादवको आज बिहान जनकपुर ढल्केवर सडक खण्डमा आफैले चलाएर जनकपुर आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

मृतक यादव रेडियो धनुषाधामका संचालक तथा इन्यूज ब्यूरोका कार्यकारी सम्पादक थिए । आज बिहान करिब ४ बजे जनकपुर तर्फ आउँदै गर्दा मिथिला नगरपालिका ६ स्थित अनियन्त्रित भएर मोटरसाइकल सडक छेउको रेलिंगमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान ५ बजेर ५० मिनेटमा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताएका छन ।

चर्चित समाचार


भर्खरै प्रकाशित