बैशाख ०७, दिनेश शर्मा। नेपाल रिटर्नी एसोसिएसन समाजवादी सिरहा प्रथम भेलाबाट सन्तोष कुमार पण्डित अध्यक्षतामा २१ सदस्यीय रिटर्नी एसोसियसन सिरहाको गोलबजारमा गठन गरिएको छ।
नेपाल रिटर्नी एसोसिएसनको केन्द्रीय अध्यक्ष प्रवीण पौडेलको प्रमुख आतिथ्यता तथा नेकपा एकीकृत समाजवादी सिरहाका पुर्ब अध्यक्ष तथा मधेस प्रदेशको सदस्य रविन यादव लगायत हाल जिल्ला अध्यक्ष सुरेश कुमार यादवको अध्यक्षतामा भेला भएको हो। उपाध्यक्ष रामकुमार महतो, सचिव लक्ष्मी सिंह , कोषाध्यक्ष लगायत रहेका छन्।
कार्यक्रम संचालक सुरेश कुमार यादव, सिरहा जिल्लाको पार्टी इन्चार्ज, पार्टी अध्यक्ष लगायतको उपस्थित रहेको कार्यक्रममा रिटर्नी नेपाल केन्द्रीय अध्यक्ष प्रविन पौडेलले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको थियो।
अध्यक्ष पौडेलले नवगठित कमिटीलाई बधाई दिँदै यहाँहरूले संगठन र पार्टीको कार्यमा तदारुकताका साथ लाग्नु हुनेछ भनी विश्वास व्यक्त गर्नु भएको छ। उहाँले जनता र देशको पक्षमा इमानदारी पूर्वक लागेर काम गर्ने पार्टी एकीकृत समाजवादी नै भएको हुनाले संगठनको काममा गतिका साथ लाग्न सुझाव दिनु भएको छ।





